२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोना संक्रमित थुनुवा आइसोलेसन सेन्टरबाट फरार, ड्युटीमा रहेका प्रहरी कारवाहीमा



नेपालगन्ज । प्रहरी हिरासतमा कोरोना संक्रमण पुष्टि भएका पछि आइसोलेसनमा राखिएका बाँके प्रहरीका एकजना थुनुवा आइसोलेसनबाटै फरार भएका छन् ।

हिरासतमा रहँदा कोरोना पुष्टि भएपछि उनलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो । उनी प्रहरीको आँखा छलेर आइसोलेसनबाट फरार भएका हुन् ।

फरार अभियुक्त जिल्ला प्रहरी कार्यालय, बाँकेको लागु औषधी कोरेक्स मुद्दामा हिरासतमा थिए । भदौ ५ गते पोजिटिभ देखिएपछि उनलाई कृषि तालिम केन्द्रको आइसोलेसनमा लगिएको थियो । संक्रमित थुनुवा राजु जसगढ आइतबार राती भागेको प्रहरीले बताएका छ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भागेका थुनुवाको खोजी भइरहेको बताए । प्रहरीका अनुसार ५ सीसी कोरेक्स भारतबाट नेपाल ल्याउंदै गरेको अवस्थामा पक्राउ परेका २ जना मध्य फरार अभियुक्त एकजना थिए ।

थुनुवा भागेपछि आइसोलेसनको सुरक्षार्थ रहेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानेर केरकार थालिएको छ । उनीहरु कारबाहीको दायरामा आएका छन् । खजुरास्थित आइसोलेसनमा असईको कमाण्डमा ५ जना प्रहरी खटिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : २४ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम