२६ बैशाख २०८१, बुधबार | May 8, 2024

ब्रेन टियुमरबाट मृत्यु भएका रास्कोटीको परिवारलाई युजी बुटवलको सहयोग



बुटवल । ब्रेन टियुमरबाट मृत्यु भएका गुल्मी दरबार गाउपालिका वडा नम्बर २ जुभुङ्गका चन्द्रबहादुर रास्कोटीको परिवारलाई युजी ग्रुप बुटवलले आर्थिक सहयोग गरेको छ ।

लामो समय भारतको प्रवास नेपाली सघमा बसेर काम गरेका रास्कोटी पछिल्लो समय बुटबललाई कर्मथलो बनाएर गुजरीयो कराते खेलको प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।

उनि गुजरीयो कराते दोको केन्द्रीय सदस्य तथा एशियन जज समेत रहेका थिए । सहयोगी मिलनसार भाबनाका राष्कोटी सामाजीक काममा सधै अग्रसर हुने गर्दथे ।

घरको आर्थिक अवस्था कमजोर सानासाना बालबच्चा भएकाले उनलाई सहयोग गरेको युजी ग्रुप बुटबलका सदस्य जिबन गौतमले बताए । गुल्मी जिल्ला खेलकुद बिकास समितीका सदस्य समेत रहेका राष्कोटीको टाउकोमा ब्रेन क्यान्सरको समस्या देखीएपछी काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गर्दै गर्दा २०७७ साउन २४ गते मृत्यु भएको थियो ।

उनको परीवारलाई युजी ग्रुप बुटबलका सदस्यहरुले रकम जम्मा गरी उनको घर गुल्मी पुगेर नगद तिन लाख ३ हजार ४ सय र गुल्मी तम्घास निवासी प्रितम काउचा मार्फत ५० हजार गरी तिन लाख ५३ हजार ४ सय नगद उनको परिवारलाई हस्तान्तरण गरेको समितीका सदस्य नगेन्द्र सिहले बताए । उनको एक छोरा छोरी श्रीमती रहेका छन ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ४६ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्