७ पुस २०८२, सोमबार | December 23, 2025

देशभर थपिए ७४३ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै २२४ थपिए



काठमाडौं । सोमबार कोरोना भाइरसका ७४३ जना संक्रमित थपिएका छन् ।

१० हजार २३४ नमुना पीसीआर परीक्षणमा ७४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये २४६ महिला र ४९७ जना पुरुष रहेका छन् ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा २२४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ । जसमध्ये जना विभिन्न आइसोलेसन सेन्टरमा ९ हजार १५४ रहेका छन् भने ४ हजार ५६१ जना होम आइसोलेसनमा बसेका छन् ।

पछिल्लो २४ घन्टामा १७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०० पुगेको छ । निको हुने दर ५८ प्रतिशत रहेको छ ।

देशभरका विभिन्न क्वारेन्टिनमा ११ हजार २७५ जना व्यक्तिहरु रहेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ४ : २३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत