७ बैशाख २०८३, सोमबार | April 20, 2026

एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफसका बिरामी



म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् ।

उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो ।

बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेङ्गु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी ३३ वर्षीया महिलामा भने डेङ्गु मात्र देखिएको छ । उनीहरु बाहिरबाट नआएर स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यस वर्ष ३७ जना डेङ्गु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।

गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ ।

नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने एवं हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् ।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रम, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर र पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ ।

स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ । डेङ्गु र स्क्रबटाइफसका केही लक्षण मिल्दोजुल्दो हुन्छ । स्वास्थ्य कार्यालय र स्थानीय तहले डेङ्गुको बासस्थान नष्ट गर्नाका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ९ : ०९ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै