२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

भारतको रायगढ़मा पाँच तले भवन भत्किदा २ जनाको मृत्यु, १८ जना पुरिएको आशंका



एजेन्सी । महाराष्ट्रको रायगढ़ण्स्थित काजलपुरा क्षेत्रमा सोमबार साँझ पाँच तले भवन भत्किएको छ ।

कलेक्टर निधि चौधरीका अनुसार उक्त दूर्घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा अझै १८ जना पुरिएको आशंका गरिएको छ । ६० जना भने सुरक्षित बाहिर आउन सफल भए । हाल उद्धार कार्य जारी रहेको छ ।

सोमबार नै महाराष्ट्रका मन्त्री अदिति तत्कारे र एकनाथ शिन्दे घटनास्थल पुगेका थिए । उनीहरुका अनुसार उद्धारका लागि एनडीआरएफका तीन टोली खटिएका छन् । घटनामा गम्भीररुपमा घाइते भएकाहरुलाई मुम्बई पठाइएको छ । यस घटनाबारे एसआईटीले जाँच गराइने उनीहरुको भनाइ थियो ।

यता, गृहमन्त्री अमित शाहले ट्वीट गर्दै रायगढमा भएको घटनाबारे एनडीआरएफका डीजीसँग आफ्नो कुराकानी भएको र उद्धारका लागि हरसम्भव प्रयास गरिएको बताएका छन् । एक अधिकारीका अनुसार मुख्यमन्त्री उद्धव ठाकरेले पनि जिल्लाका अधिकारीहरुसँग कुराकानी गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भवन १० वर्ष पुरानो रहेको थियो र त्यहाँ ५० परिवार बसोबास गर्दै आएका थिए । रायगढका शिवसेनाका विधायक भरत गोगावलेले भवन निर्माणमा कमसल वस्तुको प्रयोग गरिएको आरोप लगाएका छन् । उनले यही कारणले भवन भत्किएको दाबी गरे । स्रोत : दैनिक भास्कर

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ९ : ५७ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर