२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विवाद समाधान कार्यदल प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल, १३ गते सचिवालय बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रतिवेदनको सुझावका आधारमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको हो । कार्यदलमाथि छलफल गर्न भदौ १३ गते सचिवालय बैठक बोलाउन अध्यक्षद्वय सहमत भएका छन् ।

भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । थापाका अनुसार सचिवालय बैठकमा बैठकमा र्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा गठिन ६ सदस्यीय कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । कार्यदल सदस्यहरुबीच गम्भीर छलफल भएपछि सर्वसम्मत रुपमा प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको थियो ।

कार्यदलमा ओली, प्रचण्ड र माधव नेपाल समुहका दुई दुई जना नेताको सहभागीता रहेको थियो । जसअनुसार ओली समुहबाट विष्णु पौडेल र शंकर पोखरेल, प्रचण्ड समुहबाट जनार्दन शर्मा र पम्फा भुषाल र नेपाल समुहबाट सुरेन्द्र पाण्डे र भीम रावल रहेका थिए ।

कार्यदल प्रतिवेदनको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस

यद्यपी, तीनै समुहका नेताहरुले सर्वसम्मत बुझाएको प्रतिवेदनले पार्टी र सरकार संचालनलाई व्यवस्थित बनाउन सुझावहरु दिएको छ ।

गत मंसिरमा अध्यक्षद्वयको बीचमा भएको सहमतिलाई थप व्याख्या गर्दै ओलीको दुवै पदलाई सुरक्षित नै राख्ने सुझाव दिएको छ ।

यस्तै, पार्टीमा अध्यक्ष प्रचण्डको कार्यकारी भूमिकालाई प्रष्ट पार्दै पार्टी संचालनको गधिविधिलाई अगाडि बढाउने, आगामी चैत्रमा सहमतिको भावका साथ एकता महाधिवेशन गर्ने प्रस्ताव समेत गरेको छ ।

ओलीको दुवै पदबाट राजीनामा माग्दै आएको प्रचण्ड–नेपालसमुह र कुनै पदबाट पनि राजीनामा नदिने ओली समुहको अडानका बीच सत्तारुढ नेकपा गत असारदेखि चरम अन्तरविरोधको अवस्थाबाट गुजिर्एको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ११ : ५३ बजे

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)