४ पुस २०८२, शुक्रबार | December 20, 2025

विवाद समाधान कार्यदल प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल, १३ गते सचिवालय बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रतिवेदनको सुझावका आधारमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको हो । कार्यदलमाथि छलफल गर्न भदौ १३ गते सचिवालय बैठक बोलाउन अध्यक्षद्वय सहमत भएका छन् ।

भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । थापाका अनुसार सचिवालय बैठकमा बैठकमा र्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा गठिन ६ सदस्यीय कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । कार्यदल सदस्यहरुबीच गम्भीर छलफल भएपछि सर्वसम्मत रुपमा प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको थियो ।

कार्यदलमा ओली, प्रचण्ड र माधव नेपाल समुहका दुई दुई जना नेताको सहभागीता रहेको थियो । जसअनुसार ओली समुहबाट विष्णु पौडेल र शंकर पोखरेल, प्रचण्ड समुहबाट जनार्दन शर्मा र पम्फा भुषाल र नेपाल समुहबाट सुरेन्द्र पाण्डे र भीम रावल रहेका थिए ।

कार्यदल प्रतिवेदनको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस

यद्यपी, तीनै समुहका नेताहरुले सर्वसम्मत बुझाएको प्रतिवेदनले पार्टी र सरकार संचालनलाई व्यवस्थित बनाउन सुझावहरु दिएको छ ।

गत मंसिरमा अध्यक्षद्वयको बीचमा भएको सहमतिलाई थप व्याख्या गर्दै ओलीको दुवै पदलाई सुरक्षित नै राख्ने सुझाव दिएको छ ।

यस्तै, पार्टीमा अध्यक्ष प्रचण्डको कार्यकारी भूमिकालाई प्रष्ट पार्दै पार्टी संचालनको गधिविधिलाई अगाडि बढाउने, आगामी चैत्रमा सहमतिको भावका साथ एकता महाधिवेशन गर्ने प्रस्ताव समेत गरेको छ ।

ओलीको दुवै पदबाट राजीनामा माग्दै आएको प्रचण्ड–नेपालसमुह र कुनै पदबाट पनि राजीनामा नदिने ओली समुहको अडानका बीच सत्तारुढ नेकपा गत असारदेखि चरम अन्तरविरोधको अवस्थाबाट गुजिर्एको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ११ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको