३ पुस २०८२, बिहिबार | December 19, 2025

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो



जुम्ला । कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ ।

निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई स्याउ बगौंचामा स्याउ टिप्न चटारो परेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रमेराज पाण्डेले बताउँछन् ।

उनले भने, “यस याममा जुम्ली किसानको उत्पादन स्याउ सुर्खेत नेपालगन्ज र यहाँको स्थानीय बजारमा पुगेर सानो पसलदेखि ठूला पसलसम्म जुम्ली स्याउ भरीभराउ हुन्थ्यो ।” कोभिडले स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा जारीले स्याउ कसरी कहाँ बिक्री गर्न समस्या भएको चन्दननाथ नगरपालिका–८ स्याउ किसान लक्ष्मी देवकाटा गुनासो गरिन् ।

कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न सुरु गरेको जनाएका छन् ।

स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिएकामा पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने अनुमान गरिएको छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटा हुने भएको छ ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताए । उनले भने,“असिनाका कारण समेत केही प्रभाव पार्‍यो, केही स्थानमा एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।”

जुम्ली स्याउ भदौ दोस्रो सातापछि मात्र पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने भएतापनि किसान हतारिएका छन् । कार्यालयका अनुसार यहाँको तिला गाउँपालिका र तातोपानी गाउँपालिकाबाट झण्डै ६० देखि ७० टनसम्म स्याउ बजारसम्म पुगिसकेको छ ।

कृषि विकास कार्यालयले एक महिनाअघि भदौ १० भन्दा अघि स्याउ नटिप्न आग्रह गरेको भएपनि यहाँका स्थानीय तहले जथाभावी सिफारिस दिँदा बजारमा काँचो स्याउ गएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  २ : ५२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको