१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रत्येक प्रदेशका २/२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड थपिदै; दुई दुई करोड रुपैयाँ निकासा



काठमाडौं । सरकारले प्रत्येक प्रदेशका २/२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा गरेको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भेन्टिलेटर र आईसीयू बेड निर्माण गर्न दुई दुई करोड पठाइसकेको जानकारी गराएका छन् ।

पोखरेलले ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको जानकारी दिए ।

यसैगरी पोखरेलले कोरोना संक्रमणको जोखिम बढी भएका जिल्लामा एमडी र एमएस पास गरेका चिकित्सक खटाइएको पनि बताएका छन् । पोखरेलले भने, ‘सरकारले प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाउन लागिएको छ ।’ उनले भने, ‘११ जना नारायणी उपक्षेत्रीय अस्पताल गइसकेका छन् । गौर अस्पताल र जनपुरमा पनि आजभोलिमा जानुहुन्छ ।’

बैठकमा काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको पनि पोखरेलले बताए । उनले एक साताभित्र काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी भैरहेको जानकारी दिए ।

उपत्यका प्रवेश नाकामा कडाइ गर्दै कन्ट्याक्ट ट्रेसिङको कामलाई मन्त्रालयले तीव्रता दिइरहेको पनि उनले जनाएका छन् । यस्तै, उपत्यकामै ६ हजार आइसोलेसन बेड बनाउने तयारी भइरहेको पनि उनले बताए ।

पोखरेलले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा देशभर १ हजार ७५ टिम खटिएको समेत जानकारी दिए ।

उनले घरमा छुट्टै बस्न सक्ने संक्रमितलाई स्थानीय तहको स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलनमा र घरमा बस्न नसक्नेलाई सरकारले आइसोलेसनमा राख्ने बताए ।

बैठकमा सांसदहरुले काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्न नहुने बताएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ३ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष