२४ श्रावण २०८३, आइतबार | August 9, 2026

अत्यधिक चिसो समयमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिसोका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिनका लागि धुवाँ–धुलोबाट बच्न, पोषणयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन, भिटामिन–सी पर्याप्तमात्रामा भएका र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खान आग्रह गरेको छ । मनत्रालयले सरसफाइमा ध्यान दिन तथा प्रशस्त मात्रामा झोल पदार्थ खान पनि आग्रह गरेको छ ।

जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात आदिले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघा, खोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, शीतांग÷हाइपोथर्मियाका लक्षणहरू भएका बिरामीहरू बढ्ने गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदुषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढाउने गरेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्तालयले चिसोका कारण देखिने समस्याहरू रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि भनेको छ । मन्त्रालयले आगो तथा ताप्ने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुन्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ४३ बजे

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका