१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

राजधानी र सुगममा डेरा जमाएका ‘पहुँचवाला’ स्वास्थ्यकर्मी थप ४ महिना दुर्गम जान नपर्ने



बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय , प्रदेश तथा स्थानीय तह अन्तर्गतका पदस्थापन तथा समायोजन भएका सबै कर्मचारीलाई कार्यस्थल जान थप ४ महिना रोक लगाएको छ । जसका कारण, वर्षौंदेखि जनशक्तिको अभावमा सेवा प्रबाह हुन नसकेका देशका दुरदराजका स्वास्थ्य संस्थाहरुको स्वास्थ्य सेवा अझै ४ महिना अवरुद्ध हुने भएको छ ।

मन्त्रालयले ७ वटै मुख्यमन्त्रीहरुलाई पत्राचार गर्दै कोरोना संक्रमण र विस्तारलाई रोक्नका लागि भन्दै समायोजन र पदस्थापन भईसकेको अवस्थामा पनि जो जहाँ छ त्यहिँबाट तलव खाने गरी व्यवस्था गर्न भनिएको छ ।

२०७६ चैत्र ५ गते पनि मन्त्रिस्तरीय निर्णयबाट समायोजन र पदस्थापन गरिएका स्थानमा नगई ४ महिना पुर्ववत कार्यस्थलबाट सेवा जारी राख्ने निर्णय भएको थियो । स्वास्थ्य मन्त्रालयले चैत्र महिनाकै निर्णयलाई निरन्तरता दिँदै कार्तिक मसान्तसम्म यथास्थानबाट सेवा प्रवाह गर्न गराउने गरि निर्णय भएको हो ।

कोरोना संक्रमण विस्तार हुने भन्ने बहाना मात्र भएको र दुर दराजमा जान नचाहने पहुंचवाला कर्मचारीको चलखेलमा यस्तो निर्णय भएको स्वास्थ्यसँग सम्बन्धित एक अधिकारीले नाम नबताउने सर्तमा दाबी गरे ।‘मन्त्रालयहरुमा र सुगम स्थानहरुमा स्वास्थ्यकर्मीले काम नपाएर यत्तीकै बसिरहेका छन्, तर दुर्गम तिर जनशक्ति नभएर स्वास्थ्य संस्था चलाउन पनि गार्हो छ ।’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रले दुरदराजको स्वास्थ्य प्रवाहलाई नकारात्मक असर पु-याउने प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘आफुले पत्र हेर्न नपाएको र यस्तो पत्र आएको भए सेवामा असर पर्ने निश्चित छ, यो विषयमा म छलफल गर्छु ।’ बरालले भने ।

मन्त्रालयको यो निर्णयले वर्षौदेखि पायक पर्ने सुविधा सम्पन्न स्थानमा बसिरहेका र पदस्थापन र समायोजनमा परेको स्थानमा जान नचाहने कर्मचारीलाई राहत पुगेको छ । कतिपय स्थानमा दक्ष जनशक्ति पर्खेर बसेका दुरदराजका स्वास्थ्य संस्थाहरुमा भने जनशक्तिको अभाव भएर सेवा प्रवाह नै अवरुद्ध हुंदै आएको छ ।

दाङस्थित कोभिड अस्पतालमा भेन्टिलेटर रहेपनि सञ्चालन गर्ने जनशक्ति नभएका कारण गम्भिर प्रकृतिका बिरामीलाई बुटवल वा नेपालगन्ज पठाईने गरेको छ । प्रदेश राजधानी नजिकै रहेको भिम अस्पतालमा जनशक्ति अभावकै कारण उपचार नपाएर एकजना संक्रमितको मृत्यु भैसकेको छ ।

 

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ८ : ५३ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर