१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

राजधानी र सुगममा डेरा जमाएका ‘पहुँचवाला’ स्वास्थ्यकर्मी थप ४ महिना दुर्गम जान नपर्ने



बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय , प्रदेश तथा स्थानीय तह अन्तर्गतका पदस्थापन तथा समायोजन भएका सबै कर्मचारीलाई कार्यस्थल जान थप ४ महिना रोक लगाएको छ । जसका कारण, वर्षौंदेखि जनशक्तिको अभावमा सेवा प्रबाह हुन नसकेका देशका दुरदराजका स्वास्थ्य संस्थाहरुको स्वास्थ्य सेवा अझै ४ महिना अवरुद्ध हुने भएको छ ।

मन्त्रालयले ७ वटै मुख्यमन्त्रीहरुलाई पत्राचार गर्दै कोरोना संक्रमण र विस्तारलाई रोक्नका लागि भन्दै समायोजन र पदस्थापन भईसकेको अवस्थामा पनि जो जहाँ छ त्यहिँबाट तलव खाने गरी व्यवस्था गर्न भनिएको छ ।

२०७६ चैत्र ५ गते पनि मन्त्रिस्तरीय निर्णयबाट समायोजन र पदस्थापन गरिएका स्थानमा नगई ४ महिना पुर्ववत कार्यस्थलबाट सेवा जारी राख्ने निर्णय भएको थियो । स्वास्थ्य मन्त्रालयले चैत्र महिनाकै निर्णयलाई निरन्तरता दिँदै कार्तिक मसान्तसम्म यथास्थानबाट सेवा प्रवाह गर्न गराउने गरि निर्णय भएको हो ।

कोरोना संक्रमण विस्तार हुने भन्ने बहाना मात्र भएको र दुर दराजमा जान नचाहने पहुंचवाला कर्मचारीको चलखेलमा यस्तो निर्णय भएको स्वास्थ्यसँग सम्बन्धित एक अधिकारीले नाम नबताउने सर्तमा दाबी गरे ।‘मन्त्रालयहरुमा र सुगम स्थानहरुमा स्वास्थ्यकर्मीले काम नपाएर यत्तीकै बसिरहेका छन्, तर दुर्गम तिर जनशक्ति नभएर स्वास्थ्य संस्था चलाउन पनि गार्हो छ ।’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रले दुरदराजको स्वास्थ्य प्रवाहलाई नकारात्मक असर पु-याउने प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘आफुले पत्र हेर्न नपाएको र यस्तो पत्र आएको भए सेवामा असर पर्ने निश्चित छ, यो विषयमा म छलफल गर्छु ।’ बरालले भने ।

मन्त्रालयको यो निर्णयले वर्षौदेखि पायक पर्ने सुविधा सम्पन्न स्थानमा बसिरहेका र पदस्थापन र समायोजनमा परेको स्थानमा जान नचाहने कर्मचारीलाई राहत पुगेको छ । कतिपय स्थानमा दक्ष जनशक्ति पर्खेर बसेका दुरदराजका स्वास्थ्य संस्थाहरुमा भने जनशक्तिको अभाव भएर सेवा प्रवाह नै अवरुद्ध हुंदै आएको छ ।

दाङस्थित कोभिड अस्पतालमा भेन्टिलेटर रहेपनि सञ्चालन गर्ने जनशक्ति नभएका कारण गम्भिर प्रकृतिका बिरामीलाई बुटवल वा नेपालगन्ज पठाईने गरेको छ । प्रदेश राजधानी नजिकै रहेको भिम अस्पतालमा जनशक्ति अभावकै कारण उपचार नपाएर एकजना संक्रमितको मृत्यु भैसकेको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ५३ बजे

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक