१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकी प्रदेशमा १७ जना सेनासहित थप २३ जनामा कोरोना संक्रमण



पोखरा । लमजुङमा खटिएका १७ सेनासहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो अपडेट अनुसार लमजुङमा सेनासहित २० जना, कास्कीमा दुई जना र पूर्वी नवलपरासीमा एक जना संक्रमित थपिएका छन् ।

लमजुङको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरिएको थियो । त्यस क्रममा थप १७ सैनिकमा संक्रमित भएको हो ।

यस्तै अन्य तीन जनामा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड र बेँसीसहर वडा नम्बर ८ का थप २ जनामा पनि संक्रमण देखिएको छ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. ११ मा रहेको साई अर्चना अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

हालसम्म गण्डकी प्रदेशमा १ हजार ९३६ संक्रमित बनेका छन् । जसमध्ये १ हजार ६४३ संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ८ : ५६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक