२७ मंसिर २०८२, शनिबार | December 13, 2025

साउनको बाढीले बुढीगंगाको पुल बगायो, आफैले बनाएको तुईनबाट जोखिमपूर्ण यात्रा गर्दैछन् बाजुराबासी



बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडी जान तुईन चढेर यात्रा गर्नुपर्ने भएको छ ।

साफेँ-मार्तडी सडक खण्डमा पर्ने बडिमालिका नगरपालिकाको जडाङ्गाकाको बुढीगंगा नदीमा रहेको बेलिब्रिज र झोलोङ्गे पुल बाढीले बगाएपछि स्थानीय जनता फेरि तुइन चढ्न बाध्य भएका हन् ।

अहिले स्थानीय आफैले निमार्ण गरेको तुईन चढेर जोखिमपूर्ण रुपमा नदी वारपार गरिरहेका छन् । तुईन चढेबापत प्रतिव्यक्ति ५० रुपैया तिर्नुपरेको छ ।

जिल्ला सदरमुकाम र बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेका स्थानीबासिको सम्पर्कका लागि अर्को विकल्प नहुँदा यसअघि विस्थापित गरिएको तुईनलाई नै फेरि बनाएर चढ्नुपर्ने बाध्यता भएको स्थानीयबासि रिता शाहीले बताइन् ।

‘जोखिमपूर्ण अवस्थामा ५० रुपैयाँ तिररै भएपनि नदी तरेर जिल्ला सदरमुकाम जान तुईन चढुनको विकल्प रहेन’, शाहीले दुःखेसो पोखिन ।

यता तुईन चलाइरहेका स्थानीयबासि परे बडुवा भन्छन्, ‘जोखिम मोलेरै भएपनि तुइन चलाइरहेका छौ, प्रति व्यक्ति ५० रुपैयाँ लिन्छौं । ज्यान जोखिममा राखेर मासिनहरुलाई वारपार गराउँछौं ।’ परिश्रम हेर्ने हो भने त ५० रुपैयाँ पनि सस्तो रहेको बडुवा बताउँछन् ।

बाजुराको साँफे–मार्तडी सडकअन्तरगत जडाङ्गामा रहेको बुढीगंगा नदीमा बेलिब्रिज र झोलोङ्गे पुल बगाएपछिअहिले सो ठाउँमा टुइनबाट आवतजावत गर्नुपरेको हो ।

साउन २५ गते राति अबिरल बर्षासँगैे आएको बाढीले बेलिब्रिज र नजिकै रहेको झोलोङ्गे पुल बगाएपछि यसठाउँमा आवतजावत गर्न स्थानीयकै सक्रियतामा तुईन बनेको हो ।
अर्को विकल्प नभएपछि आफुहरुकै सक्रियतामा यात्रीहरुका लागि तुईन बनाएर सेवा सुरु गरिएको अर्का स्थानीय जनक दानी बताउँछन् ।

‘पुल नहुँदा टुइनबाटै वारपार गर्न निकैै जोखिम रहेको छ । बिरामीलार्इ तुईन तराउन भने निकै समस्या रहेको संचालक गोरख बडुवालले बताए ।

स्थानीयलाई तुईन बनाउन कहिँ कतैबाट प्राधिक सहयोग प्राप्त छैन । स्थानीयको आफ्नै बुद्धिले तुइन बनेको छ ।

‘नदी त्यत्तिकै तर्न सकिँदैन । आवतजावत गर्न सहज होस भनेर स्थानीयको सक्रियतमा तुईन बन्यो । यही प्रयोग गरेका छौं । तर, वारपार गर्दा कता नदीमा खसिन्छ भन्ने डर लाग्छ ।’, तुईन तर्दैगरेकी रिता शाहीले बताइन ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ९ : २२ बजे

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र