२२ माघ २०८२, बिहिबार | February 5, 2026

साउनको बाढीले बुढीगंगाको पुल बगायो, आफैले बनाएको तुईनबाट जोखिमपूर्ण यात्रा गर्दैछन् बाजुराबासी



बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडी जान तुईन चढेर यात्रा गर्नुपर्ने भएको छ ।

साफेँ-मार्तडी सडक खण्डमा पर्ने बडिमालिका नगरपालिकाको जडाङ्गाकाको बुढीगंगा नदीमा रहेको बेलिब्रिज र झोलोङ्गे पुल बाढीले बगाएपछि स्थानीय जनता फेरि तुइन चढ्न बाध्य भएका हन् ।

अहिले स्थानीय आफैले निमार्ण गरेको तुईन चढेर जोखिमपूर्ण रुपमा नदी वारपार गरिरहेका छन् । तुईन चढेबापत प्रतिव्यक्ति ५० रुपैया तिर्नुपरेको छ ।

जिल्ला सदरमुकाम र बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेका स्थानीबासिको सम्पर्कका लागि अर्को विकल्प नहुँदा यसअघि विस्थापित गरिएको तुईनलाई नै फेरि बनाएर चढ्नुपर्ने बाध्यता भएको स्थानीयबासि रिता शाहीले बताइन् ।

‘जोखिमपूर्ण अवस्थामा ५० रुपैयाँ तिररै भएपनि नदी तरेर जिल्ला सदरमुकाम जान तुईन चढुनको विकल्प रहेन’, शाहीले दुःखेसो पोखिन ।

यता तुईन चलाइरहेका स्थानीयबासि परे बडुवा भन्छन्, ‘जोखिम मोलेरै भएपनि तुइन चलाइरहेका छौ, प्रति व्यक्ति ५० रुपैयाँ लिन्छौं । ज्यान जोखिममा राखेर मासिनहरुलाई वारपार गराउँछौं ।’ परिश्रम हेर्ने हो भने त ५० रुपैयाँ पनि सस्तो रहेको बडुवा बताउँछन् ।

बाजुराको साँफे–मार्तडी सडकअन्तरगत जडाङ्गामा रहेको बुढीगंगा नदीमा बेलिब्रिज र झोलोङ्गे पुल बगाएपछिअहिले सो ठाउँमा टुइनबाट आवतजावत गर्नुपरेको हो ।

साउन २५ गते राति अबिरल बर्षासँगैे आएको बाढीले बेलिब्रिज र नजिकै रहेको झोलोङ्गे पुल बगाएपछि यसठाउँमा आवतजावत गर्न स्थानीयकै सक्रियतामा तुईन बनेको हो ।
अर्को विकल्प नभएपछि आफुहरुकै सक्रियतामा यात्रीहरुका लागि तुईन बनाएर सेवा सुरु गरिएको अर्का स्थानीय जनक दानी बताउँछन् ।

‘पुल नहुँदा टुइनबाटै वारपार गर्न निकैै जोखिम रहेको छ । बिरामीलार्इ तुईन तराउन भने निकै समस्या रहेको संचालक गोरख बडुवालले बताए ।

स्थानीयलाई तुईन बनाउन कहिँ कतैबाट प्राधिक सहयोग प्राप्त छैन । स्थानीयको आफ्नै बुद्धिले तुइन बनेको छ ।

‘नदी त्यत्तिकै तर्न सकिँदैन । आवतजावत गर्न सहज होस भनेर स्थानीयको सक्रियतमा तुईन बन्यो । यही प्रयोग गरेका छौं । तर, वारपार गर्दा कता नदीमा खसिन्छ भन्ने डर लाग्छ ।’, तुईन तर्दैगरेकी रिता शाहीले बताइन ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ९ : २२ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा