२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु



काठमाडौं । भक्तपुरको सूर्यविनायककी कोरोना संक्रमित एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ दोकाचाकाकी ५३ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

ती महिलालाई गतसाता मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । विगतदेखि नै थाइराइडको समस्या रहेकी ती महिलामा पछिल्लो समय स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

थाइराइडकै उपचारकका लागि अस्पताल पुगेकी ती महिलालाई त्यहीँ कोरोना भाइरस सरेको हुनसक्ने सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले बताएका छन् ।

मंगलबार दिउँसो मात्रै उनको परिवारका सात जना सदस्यको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : ५३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष