३ असार २०८३, बुधबार | June 17, 2026

कोरोना सङ्क्रमणबाट बारामा एकै दिन ४ जनाको मृत्यु



बारा । बारामा कोरोना सङ्क्रमणबाट एकै दिनमा चार जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

बिहान २ जना र राति दुई जनाको मृत्यु भएको हो । राति ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताए ।

यस्तै बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको हो । मृतक चारजनाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो । कोरोनो पोजिभिट देखिएपछि उपचाररत रहेका उनीहरुको अस्पतालमै ज्यान गएको हो ।

योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । बारामा बुधबारसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४१६ रहेको छ । सङ्क्रमितमध्ये ८२ जना कलैयास्थित गंगापुर आइसोलेशन केन्द्रमा छन् भने ३१९ जना घरमै छुट्टै बस्दै आएका छन् ।

सङ्क्रमण भइ उपचारपश्चात बारामा हालसम्म २९० जना घर फर्किसकेका छन् । बुधबार मात्रै बारामा २३ जना सङ्क्रमित थपिएका छन् । ४ जनाको मृत्युसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ७ : १९ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका