२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना र आँधी विरुद्ध तयार रहन उत्तर कोरियाका नेता किम जोङको आह्वान



एपी । उत्तर कोरियाका नेता किम जोङ अनले कोरोना भाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् ।

तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता अनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् । उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी दिए ।

सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए । दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ ।

उनले आँधीका कारण हुने क्षती न्युनिकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन् । अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षती भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षती हुनेगरी आँधी आउन लागेको हो ।

दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । कोरोना र आँधीसँग जुद्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन् । रासस

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ६ : ०९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष