२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु, तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको गयो ज्यान



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तुका १ जना संक्रमितको मृत्यु भएको २४ घण्टा नबित्दै अर्का संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार रुपन्देही तिलोत्तमा जानकीनगरकी ७० बर्षिया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

थाईराइड र हाई ब्लड प्रेसरको समेत बिरामी रहेका संत्रमितको बिहिबार बिहान १०ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले बताए ।

साउन २६ मा संक्रमण पुष्टि भएकी उनको सुरुमा घरमा आइसोलेशनमै बसेर उपचार भएपनि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना बिशेष अस्पतालको पहिलो प्रयाृगकारुपमा उनलाई प्लाज्मा थेरापीको माध्यमबाट चिकित्सकहरुले उपचार थालेका थिए । पहिलो पटक प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो। उनलाई बिहीबार थप प्लाज्मा दिने तयारी भईरहेको अवस्थामा उनको मृत्यु भएको डा. गौतमले बताए ।

उनलाई ४ दिनअघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो।

तिलोत्तमामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो भने रुपन्देहीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ११ : १२ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै