२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका – ७ कि ७० वर्षीया महिलाको उपचारकै क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्ले जानकारी दिएका छन् । बिहीबार बिहान १०३० मा ती महिलाको निधन भएको जिल्ला सीसीएमसीले जनाएको छ ।

दुबै फोक्सोमा निमोनिया भएर छातीमा समस्या देखिएपछि ती महिलालाई गत भदौ ३ गते नेपालगञ्जस्थित एक नर्सिङ होममा भर्ना गरिएको थियो ।

कोरोना जस्तै लक्षण देखिएपछि उनको ३ गते नै पीसीआर परीक्षण गरिएको थियो । भदौ ५ गते उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि उनलाई नेपालगन्ज मेडिकल कलेजमा सारिएको थियो । स्वास्थ्य अवस्था बिग्रन थालेपछि भदौ ६ गतेबाट उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १ : २७ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज