२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

२४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या १८३ पुग्यो



काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ५ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार २३ वर्षदेखि ७० वर्षका महिलाले ज्यान गुमाएका छन् ।

बाराका २३ वर्षीया, कास्कीका ३२ वर्षीया, ललितपुरका ६५ वर्षीया, रुपन्देहीका ७० वर्षीया र बाँकेका ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौंका ४८ वर्षीय, कपिलवस्तुका ५० वर्षीय र पर्साका ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको आधिकारिक संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ । यो मृत्यु दर ० दशमलव ५२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ४ : ४९ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका