७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने



भक्तपुर । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ ।

यसबारेमा विहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टिन सञ्चालन गर्ने सहमति भएको छ ।

यसबारेमा उपप्रधान एवं रक्षा मन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य र गृहमन्त्रालयका सचिव र उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठको टोलीबीच छलफल भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए ।

फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले भने, ‘छलफलमा उपत्यकामा तीन हजार बेड पुगिसकेको र अब तीन हजार थप्नेबारेमा छलफल गरी सहमति भएको छ, शहरी विकास मन्त्रालयले व्यबस्थापन गर्ने क्वारेन्टिनस्थलको स्थानीय तहसँगको समन्वयमा खोजी गरी पहिचान गरिने भएको छ ।’

उनका अनुसार उपत्यकामा दुई हजार बेडको आइसोलेसन तयार भएको र स्थानीय तहसँगको समन्वयमा केही निजी अस्पतालको सहमतिमा थप एक हजार बेडको आइसोलेसन तयार गर्ने सहमति भएको छ । त्यसैगरी यसअघि क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने सङ्क्रमितको दैनिक खाना खाजाका लागि सरकारले रु १७५ निर्धारण गरेकोमा यो रकम बढाउनुपर्ने नगरपालिका फोरमले छलफलमा माग गरेको छ ।

श्रेष्ठले भने, ‘दैनिक रु १७५ मा ब्रेकफास्ट, खाजा, दुईछाक खाना खुवाउन सक्ने अवस्था छैन, थप रकम खर्च गर्दा पनि बेरुजु निस्कन्छ, यो रकमलाई बढाएर दैनिक रु। ५०० बनाउनेबारे छलफल भयो, यसमा सीसीएमसीसंग मौखिक सहमति भएको छ, मन्त्रीपरिषद्ले यो निर्णय गर्ने आशा लिएका छौ ।’ उपत्यकामा बढ्दो सङ्क्रमण रोक्न नगरपालिकाले क्वारेन्टिनदेखि आईसोलेसनसम्मको व्यवस्थापनमा सरकारसँग हातेमालो गर्दै जाने भएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टिन र आइसोलेसन बढाउने भएको हो ।

उपत्यकामा ३७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा सङ्क्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ को पिसीआर परीक्षण गर्दा थप १ हजार १११ मा सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा अहिलेसम्म ३५ हजार ५२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । जसममध्ये १५ हजार ७३ जना आइसोलेसनमा छन् भने अहिलेसम्म २० हजार ७३ जना निको भएर फर्किएका छन् । देशभर हाल ९ हजार ४८८ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना सङ्क्रमणबाट १८३ को ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ४७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा