२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । यस्तै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । सोही कारण मनसुनी गतिविधि जारी रहे पनि केही कमजोर हुने देखिएको हो ।

अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : ३९ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको