२३ भदौ २०८३, मंगलबार | September 9, 2026

प्रस्तावित भावी प्रधानमन्त्री बालेन्द्रको पूर्व प्रधानमन्त्री ओलीलाई संस्कृत श्लोकसहितको समवेदना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रस्तावित भावी प्रधानमन्त्रीबालेन्द्र शाहले पृतिशोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संस्कृत श्लोकसहितको समवेदना प्रकट गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भावुक स्टाटस लेख्दै दिवंगत पिताजीप्रति श्रद्धाञ्जली अर्पण र ओलीलाई समवेदना प्रकट गरेका हुन्।

उनले लेखेका छन्, ‘नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥’ त्यसको भावार्थ हो, ‘पिता जस्तो कोही मुक्तिदाता छैन, पिता जस्तो कोही शिक्षक छैन। पिता जस्तो कोही भाग्य छैन, जसलाई म मेरो नमन गर्दछु, हे पिताहरूका परमेश्वर।’

आफूले बुवा गुमाउँदाको पीडा सम्झिँदै उनले लेखेका छन्, ‘केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ( पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ ।’

उनले पूर्वप्रधानमन्त्री ओलीलाई पर्न गएको यो अपूरणीय क्षतिमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै बुवाको दिवंगत आत्माको वैकुण्ठवासको कामना समेत गरेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ९ : ०२ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी