२३ बैशाख २०८१, आइतबार | May 6, 2024

उपत्यकामा उपचार गर्न नौ हजार शैया



काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शैया तयार गर्ने भएको छ ।

तीमध्ये अधिकांश शैया आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शैयामध्ये लक्षण भएका संक्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड-१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) का प्रमुख डा गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिए ।

उनले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शैया प्राप्त भइसकेको भन्दै बाँकी शैया थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिए । उनले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको जानकारी दिए । उक्त रकम भवनको भाडाबाहेक हो । ‘यो सरकारको नीतिअनुसार काम भएको हो’, डा लोहनीले भने, ‘संक्रमितको सङ्ख्या दैनिक बढेसँगै आइसोलेसन सेन्टरको पनि व्यवस्था गर्नुपर्ने हुन्छ ।’

उनले लक्षण नभएका संक्रमित राख्न अहिले नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरीपाटीमा दुई सय शैया तयारी अवस्थामा रहेको र उक्त केन्द्र तीन सय शैयासम्मको बनाउने योजना छ भने ।

यस्तै कीर्तिपुरस्थित आयुर्वेद केन्द्रमा २२०, दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनमा ३२० शैया तयारी अवस्थामा छ । यस्तै इचङ्गुनारायणमा रहेको आपत्कालीन भवनमा ५०० शैया, यती अस्पतालमा ५० शैया तयारी अवस्थामा छ ।

मन्त्रालयले जाउलाखेलमा रहेको स्टाफ कलेजमा सय, बालाजुस्थित जनमैत्री अस्पतालमा तीन सय, वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सय र कान्तिपुर अस्पताल तीनकुनेमा ५० शैयाको आइसोलेसन तयार गरी लक्षण नभएका संक्रमितलाई राख्ने तयारी गरेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : ३९ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa