४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश नं ५ मा सङ्क्रमित संख्या ६ हजार १०१



बुटवल । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय एक पुगेको छ ।

जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।

प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए ।

डा. पौडेलका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷९१ जना रहेका छन् । प्रदेशमा चार हजार सात सय तीन जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए ।

बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

सूचना अधिकारी पौडेलकाअनुसार सङ्क्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टिनमै बसेका छन् ।

अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १० : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको