२ पुस २०८२, बुधबार | December 17, 2025

बँदेल आतंक : बाली जोगाउन रातभर जाग्राम



दुल्लु । दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् ।

घर भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबाली ठूलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् ।

धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका–बथान आएर जङ्गली बँदेलले खाने गरेका स्थानीयले बताएका छन् । भैरवी–१ का स्थानीयवासी डिलबहादुर कार्कीले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताए । उनले भने, “बँदेल धपाउन समूह बनाएर रातभर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे हम्मे भएको छ ।’’ भैरवी, महाँबु गाउँपालिका, दुल्लू, नारायण र आठबिस नगरपालिकालगायत स्थानमा जङ्गली बँदेलले अन्नबाली नोक्सान गरेको स्थानीयले बताएका छन् ।

पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्गली बँदेल धपाउन बाहेक बाली जोगाउनै अन्य विकल्प छैन । पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबालीमा बँदेलले क्षति पुर्‍याउँदा किसान निकै निरास भएका छन् । दुल्लु नगरपालिका–३ का प्रेम गिरी भन्छन्, “न त रातिमा सुत्नु छ न त बाली नै जोगिएको छ, अब त अतिनै गर्न लागिसके । एकातीर बँदेलले आक्रमण गर्छ की भन्ने चिन्ता लाग्ने गरेको छ ।’’

किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ । “नत जङ्गली बँदेलको नियन्त्रण तिर चासो छ न त क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्”, भैरवी गाउँपालिका–१ का सेरबहादुर कार्कीले गुनासो गरे । जङ्गली बँदेलले नोक्सान गरेको निवेदन थुप्रै आएका भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।

उनले नोक्सानी भएको बालीको विवरण सङ्कलन गर्न वडा तहमा जनप्रतिनिधिलाई किसानको बारीमै खटाउने र उचित क्षतिपूर्ति दिनेबारे आफू छिट्टै कार्यपालिकाको बैठक बस्ने बताए । सरकारी निकायबाट किसानलाई राहतका कार्यक्रम ल्याएको भएपनि प्रभावकारी हुन सकेको छैन । डिभिजन वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले प्रकृया मिलाएर निवेदन आए क्षतिपूर्ति दिने जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १ : ०१ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको