२७ असार २०८२, शुक्रबार | July 11, 2025

गैरआवासीय नेपालीहरुद्धारा संचालित सगुनको आइपीओ खुला, ३० सेप्टेम्बरसम्म आवेदन दिन सकिने



लण्डन । गैरआवासीय नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स कम्पनी  सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्काशन खुला गरेको छ ।

सगुनले यो पटक ग श्रेणीको ३ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले प्रतिकित्ता ३० डलर (९ सय डलरको)  खरिद गर्नसक्ने छन् । लगानीकर्ताले ३० सेपटेम्बरसम्म सेयर खरिद गर्न सक्नेछन् ।

यसअघि सगुनले सन् २०१७ मा यसको पहिलो’रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निस्कासन गरेको थियो ।

यस्तै अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रीयोग्य तोकेको थियो ।

विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएको सगुनका संस्थापक गोविन्द गिरीले बताए । हामीले सागुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं ।

यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाई पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन,सोसियल इकमर्समा समेत संहभागी हुन सक्ने छन् ।

यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ संस्थापक गिरीको भनाई थियो । सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ।

यस पटक सर्बसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न,प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप,सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ । सगुनमा विश्वभरबाट ८० लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।

सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : ४८ बजे

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो

काठमाडौं महानगरको बजेट आइतबार आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

माओवादी आन्दोलन बारे डा. बाबुरामका ६ प्रश्न ६ जवाफ

काठमाडौं । माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई