६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

गैरआवासीय नेपालीहरुद्धारा संचालित सगुनको आइपीओ खुला, ३० सेप्टेम्बरसम्म आवेदन दिन सकिने



लण्डन । गैरआवासीय नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स कम्पनी  सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्काशन खुला गरेको छ ।

सगुनले यो पटक ग श्रेणीको ३ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले प्रतिकित्ता ३० डलर (९ सय डलरको)  खरिद गर्नसक्ने छन् । लगानीकर्ताले ३० सेपटेम्बरसम्म सेयर खरिद गर्न सक्नेछन् ।

यसअघि सगुनले सन् २०१७ मा यसको पहिलो’रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निस्कासन गरेको थियो ।

यस्तै अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रीयोग्य तोकेको थियो ।

विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएको सगुनका संस्थापक गोविन्द गिरीले बताए । हामीले सागुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं ।

यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाई पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन,सोसियल इकमर्समा समेत संहभागी हुन सक्ने छन् ।

यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ संस्थापक गिरीको भनाई थियो । सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ।

यस पटक सर्बसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न,प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप,सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ । सगुनमा विश्वभरबाट ८० लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।

सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : ४८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस