२९ असार २०८३, सोमबार | July 13, 2026

उपत्यकामा आइसोलेसन बनाउन जटिलता रहेको प्रधानमन्त्रीलाई जानकारी, जटिलता फुकाउने प्रधानमन्त्री ओलीको आश्वासन



काठमाडौं । बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ।

बागमती प्रदेसका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको बागमती प्रदेस सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो।

मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा छ हजार आइसोलेसन बेड तयार गर्ने जिम्मेवारी पाएको सो टोलीले काठमाडौंका विभिन्न स्थानमा आइसोलेसन केन्द्र स्थापनाका लागि निरीक्षण गरेको थियो।

काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउदै मुख्यमन्त्री पौडेलले त्यसमा रहेका केहि प्राविधिक जटिलता समाधानका लागि अनुरोध गरेका थिए।

उक्त छलफलमा बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहित बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल, प्रतिनिधि सभा सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, प्रदेस सभा सदस्य दिपक निरौला सहभागी रहेका थिए।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका लागी गरेको तयारीका वारेमा जानकारी लिए पश्चात प्रधानमन्त्री ओलीले संघीय सरकारले सबै जटिलता फुकाउन आफु सकारात्मक रहेको टोलिलाई बताएको प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १० : ३२ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान