११ श्रावण २०८३, सोमबार | July 28, 2026

गाँजाका पाँच हजार बोट नष्ट



नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबारसम्म गरी चालु आवमा विभिन्न स्थानमा फैलिएको अवैध लागुऔषध गाँजाका पाँच हजार बोट फँडानी गरेको छ ।

सूर्यगढी गाउँपालिका–१ स्थित लच्याङ र जोङ्डाँडामा विभिन्न व्यक्तिका आँगन तथा करेसाबारीमा प्राकृतिकरुपमा उम्रिएका करीब दुई रोपनी जग्गामा फैलिएको अन्दाजी ३५० बोट गाँजा प्रहरीले आज फँडानी गरेको छ ।

साथै बेलकोटगढी नगरपालिका–९ सिरान टोल र पोख्रेल टोल वरिपरि एवं सडकका छेउछाउका भूभागमा रहेका चार रोपनी जग्गामा फैलिएको पाँच सय गाँजाको बोट फँडानी गरिएको छ ।

त्यस्तै विदुर नगरपालिका–२ सीतापोखरी र तीनधारेमा दुई रोपनी जमीनमा फैलिएको गाँजाका ३५० बोट गरी जम्मा आठ रोपनीमा फैलिएको एक हजार दुई सय बोट गाँजाको बोट पनि फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रनि फुयाँलका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी, सोही मातहतका स्थानमा रहेको इलाका प्रहरी कार्यालय चोगदे, प्रहरीचौकी बागखोरको संयुक्त टोली र स्थानीयवासीको सहकार्यमा गाँजा फडानी गरिएको हो ।

उनले आव २०७७÷७८ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी साढे २५ रोपनीमा फैलिएको पाँच हजार गाँजाका बोट फँडानी गरी नष्ट गरिनाका साथै आगामी दिनमा कहीँकतै देखिएमा फँडानी कार्यक्रमलाई निरन्तरता दिइने बताए । रासस

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : २३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला