१९ बैशाख २०८१, बुधबार | May 2, 2024

गाँजाका पाँच हजार बोट नष्ट



नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबारसम्म गरी चालु आवमा विभिन्न स्थानमा फैलिएको अवैध लागुऔषध गाँजाका पाँच हजार बोट फँडानी गरेको छ ।

सूर्यगढी गाउँपालिका–१ स्थित लच्याङ र जोङ्डाँडामा विभिन्न व्यक्तिका आँगन तथा करेसाबारीमा प्राकृतिकरुपमा उम्रिएका करीब दुई रोपनी जग्गामा फैलिएको अन्दाजी ३५० बोट गाँजा प्रहरीले आज फँडानी गरेको छ ।

साथै बेलकोटगढी नगरपालिका–९ सिरान टोल र पोख्रेल टोल वरिपरि एवं सडकका छेउछाउका भूभागमा रहेका चार रोपनी जग्गामा फैलिएको पाँच सय गाँजाको बोट फँडानी गरिएको छ ।

त्यस्तै विदुर नगरपालिका–२ सीतापोखरी र तीनधारेमा दुई रोपनी जमीनमा फैलिएको गाँजाका ३५० बोट गरी जम्मा आठ रोपनीमा फैलिएको एक हजार दुई सय बोट गाँजाको बोट पनि फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रनि फुयाँलका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी, सोही मातहतका स्थानमा रहेको इलाका प्रहरी कार्यालय चोगदे, प्रहरीचौकी बागखोरको संयुक्त टोली र स्थानीयवासीको सहकार्यमा गाँजा फडानी गरिएको हो ।

उनले आव २०७७÷७८ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी साढे २५ रोपनीमा फैलिएको पाँच हजार गाँजाका बोट फँडानी गरी नष्ट गरिनाका साथै आगामी दिनमा कहीँकतै देखिएमा फँडानी कार्यक्रमलाई निरन्तरता दिइने बताए । रासस

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : २३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी