२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । आइतबार बिहानैदेखि प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

यस्तै आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ को एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिएको मौसमविदको भनाइ छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : ३६ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको