१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वीरगन्ज, भक्तपुर र ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका खबर आइतबार पनि बिहानैदेखि आइरहेका छन् ।

पछिल्लो खबरअनुसार वीरगन्जस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटका एक व्यक्तिको निधन भएको छ ।

रौतहट राजपुर, तुल्सीका ४० वर्षीय पुरुषसको बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मधुमेहका रोगी रहेका ती पुरुषलाई गम्भीर प्रकारको कोभिड निमोनिया देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताएका छन् ।

यसैगरी, भक्तपुरमा आफ्नै घरमा ‘होम क्वारेन्टिन’ बसेका एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीका ६५ वर्षीय कोरोना संक्रमितको शनिबार राति आफ्नै घरमा मृत्यु भएको हो ।

ती पुरुष पनि मधुमेहकै रोगी रहेका थिए । घरमै मृत्यु भएपछि भक्तपुर नगरपालिकाले परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।

यस्तै, ललितपुरको पाटन अस्पतालमा अर्का एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

अस्पतालमा उपचाररत २९ वर्षीय युवकको शनिबार राति १० बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ । उनी गत साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : १५ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७