७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार अपरान्ह गरेको नियमित कोरोन अपडेटमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको छ ।

जसमध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।

यसैगरी, सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ३५ र ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, रौतहटका ३० वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयले हालसम्म गरेको अपडेट अनुसार जम्मा मृतकको संख्या २२१ पुगेको छ ।

तर, मन्त्रालयको तथ्यांक भन्दा बढी मृत्युका खबर सार्वजनिक भैसकेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ४ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई