४ पुस २०८२, शुक्रबार | December 20, 2025

मोवाइलबाटै रेमिटेन्स पाउन आईएमईले ल्यायो सुविधा, घरमै बसिबसि यसरी पाइने छ पैसा



काठमाडौं। आइएमई रेमिटेन्सले ‘आईएमई पे’ मोवाइल वालेटमा रेमिटेन्स रकम जम्मा गर्न र झिक्न सक्ने सुविधा सुरू गरेको छ ।

कोरोना भाइरसको महामारीले विश्वव्यापी सिर्जना गरेको संकटपूर्ण अवस्थामा देशविदेशमा रहेका आईएमई प्रयोकर्ताहरूले पठाएको रकम सीधै मोवाइल वालेट एवबाट प्राप्त गर्ने व्यवस्था मिलाएको हो ।

अब आइएमई रेमिटेन्सबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने सुविधा मिलेको छ । वालेटमा रहेको रकमलाई चाहेअनुसार राख्न या प्रयोग गर्न सकिन्छ

कम्पनीका अनुसार रकम पाउन आइएमई वालेटको ‘रेमिटेन्स’आइकनमा क्लिक गर्नुपर्छ। त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्छ।

वालेटमा पिन हालेर आफ्नो रकमको अवस्था थाहा पाउन सकिने कम्पनीले जनाएको छ।

सो रकम आईएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिचेर आफ्नै वालेटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

आईएमईका अनुसार ‘नियर बाइ एजेन्ट’मा थिचेर पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सकिन्छ।

यो सेवाका लागि एप डाउनलोड गरेर केवाईसी अध्यावधिक भने गर्नुपर्नेछ।

सो रकम वालेटमा रहँदा ब्याज र ५० रुपैयाँ बोनस समेत पाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ९ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको