२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

नयाँ बानेश्वरमा आकाशे पुल निर्माणको काम अझै सकिएन



काठमाडौं । नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन ।

कोभिड-१९ का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माण गर्न नसकिएको हो ।

पुल निर्माणको काम थोरै मात्रै बाँकी रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुलका लागि दक्ष प्राविधिक वीरगञ्जबाट ल्याउनुपर्ने भए पनि तत्कालको अवस्थामा ल्याउन नसकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनले भने, ‘अवस्था सामान्य भएर प्राविधिक ल्याएपछि केही दिनमा नै पुल सकिनेछ ।’

काठमाडौँको सबैभन्दा बढी पैदलयात्रुले सडक वारपार गर्ने स्थान नयाँ बानेश्वर रहेको छ ।

डिभिजन सडक कार्यालयले २०७५ चैतमा ८ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक र पुल निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाइएको थियो ।

वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन । रासस

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : ०० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको