२८ चैत्र २०८२, शनिबार | April 11, 2026

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित, सबैजना विदेशबाट आएका नागरिक रहेको चीनको दावी



एजेन्सी । चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ । सोमबार दिइएको जानकारी अनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्र्किएका छन् ।

केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ ।

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएको हो ।चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५४८ जना सङ्क्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहिँ र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १ : २३ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र