३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

४ वर्षीया बालिकासहित ७ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा चारवर्षीया एक जना बालिकासहित ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक बालिकासहित ३ महिला र चार जना पुरुषको मृत्यु भएको हो ।

जसमध्ये महोत्तरीका चार वर्षीया बालिका रहेकी छिन् । यस्तै, गोर्खाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणका मृत्यु भएको छ ।

यस्तै झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ४ : ३५ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको