३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बर्दियामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु



बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय परिचयपत्र विवरण दर्ताको शुरुवात गरेको छ । व्यक्तिगत र जैविक (वायोमेट्रिक) विवरण सहितको परिचयपत्रलागु गर्ने सरकारको योजनाअनुसार विवरण दर्ताकार्य सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार गुलरिया नगरपालिका वडा नं. ५ की एक सय वर्षीया जेष्ठ नागरिक लक्ष्मीकुमारी गौतमको व्यक्तिगत र जैविक विवरण सहितदर्ता गरी कार्यको सुरुवात गरेको हो ।

वायोमेट्रिक विवरण फारम भरेपश्चात् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दोसल्ला ओढाई सेवाग्राहीलाई सम्मान गरेका छन् । प्रजिअ अधिकारीले नेपाल सरकारले लागु गरेको राष्ट्रिय परिचयपत्रविवरण संकलन कार्यकोको सुरुवात गरिएको बताए ।

हाल जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनेकाहरुको विवरण संकलन गर्ने र कोभिड १९को संक्रमणको जोखिम कम भएपछि घुम्ती टोली खटाएर विवरण संकलन गरिने सरकारको योजना रहेको छ ।

हाल संकलन गरिएको वायोमेट्रिक विवरण विभागमा पठाईने र पछि चिप सहितको परिचयपत्र उपलब्ध हुनेछ ।

परिचयपत्रमा व्यक्तिगत विवरण, फोटो, हातका सबै औँलाको औँठा छाप, आँखाको रेटिनाको स्क्यान र हस्ताक्षर लगाएतका विवरण डिजिटल प्रविधिबाट संकलन गरी दर्ता गरिन्छ । संकलन गरिएको विवरण भण्डारण गर्ने र राष्ट्रिय परिचयपत्रको विभागमा पठाउने गरिन्छ ।

एक जनाको व्यक्तिगत तथा जैविक विवरण अर्को व्यक्तिसँग नमिल्ने हुँदा यसलाई भरपर्दो मानिएको छ । पाँचवर्षभित्र सबै नेपालीहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको योजना रहेको छ ।

पहिलो चरणमा एक लाख १७ हजारलाई परिचयपत्र वितरण गर्ने सरकारको योजना रहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ५ : ११ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको