७ आश्विन २०८३, बुधबार | September 23, 2026

चितवनमा फेरि अर्का कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या निरन्तर बढिरहेको छ । चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौडौं उपमहानगरपालिका वडा नं. १५ निवासी ५८ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएका छ ।

कडा निमोनिया भई भदौ १४ गते भर्ना भएका ती पुरुषको १५ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

श्वासप्रश्वासमा जटिलता उत्पन्न भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा मंगलबार बिहान २ बजेर ५२ मिनेटमा उनको निधन भएको निर्देशक डा. लम्सालले उल्लेख गरेका छन् ।

यसअघि सोमबार मात्रै चितवनमा थप चार जनाको मृत्यु भएको थियो ।

चितवनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना पुगेका छन् । मकवानपुरका ४ जना, गोरखा, पूर्वी नवलपरासी र बाराका १/१ जना रहेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ९ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई