२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

१४ दिनका नाबालकसहित गण्डकी प्रदेशमा थपिए ३९ नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार संक्रमित हुनेमा १४ दिनका नाबालकसमेत रहेका छन् ।

मंगलबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

संक्रमितहरुमा १४दिने नाबालाकसहित २६ जना लमजुङका रहेका छन् । यस्तै, नवलपरासी सुस्तापूर्वका १० जना, कास्कीका दुई जना र बागलुङका एक जनामा पनि संक्रमण पुष्टि भएको डा. शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लमजुङको जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना र अस्पतालमै कार्यरत एक कर्मचारी संक्रमित भएका छन् ।

यस्तै, ग्लोबल ग्लोबल आईएमई बैंकमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर–७ का एक जना २८ वर्षीया एक महिला पत्रकार रहेको निर्देशक डा। शर्माले जनाकारी गराएका छन् । कास्कीका एक जना संक्रमित पर्यटन व्यवसायी हुन् । उनी चरक अस्पतालमा उपचार गराइरहेका छन् ।

अन्य सबै संक्रमितहरु कन्टयाक्ट ट्रेसिङबाट पुष्टि भएका हुन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २०५ पुगेको छ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १२ : ०६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२