२६ असार २०८३, शुक्रबार | July 10, 2026

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई



काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको सातौँ केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिनुको साथै उनको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको समेत गरेको उनले बताए । पार्टी कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको बैठकले संसदीय दलको नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको जनाएको छ ।

यस्तै बैठकमा संसदीय दलका नेताले थापाले संसदमा गरेको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफलसमेत गरेको उपमहासचिव भट्टले जानकारी दिए । उनले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको उल्लेख गर्दै यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने स्पष्ट पारे । यस्तै बैठकले सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन माग गरेको उपमहासचिव भट्टले बताए ।

सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णय स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले उक्त निर्णय पनि फिर्ता लिन सरकारसँग माग गरेको छ । बैठकले पश्चिम एशियामा जारी हिंसाका कारण लाखौँ नेपालीहरू असुरक्षित बनेका भन्दै उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ५२ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले