१ पुस २०८२, मंगलबार | December 16, 2025

सप्तरीमा हात्ती आतङ्कः पाँच घरमा तोडफोड



सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पु-याएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जङ्गली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पु-याएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जङ्गली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँच वटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिए ।

सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताए ।

हात्तीले घरमा तोडफोड गर्र्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए।

ती हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले धपाउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा दैनिक हात्ती आतङ्क बढेपछि स्थानीयवासी जाग्रामसमेत बस्न बाध्य रहेको सोही ठाउँका अञ्जनी यादवले गुनासो गरे ।

विगत छ महिनादेखि कोरोना सङ्क्रमण फैलिएर घरमै बस्नुपर्ने बाध्यता रहेको बेला जिल्लाको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका अग्निकृष्णसवरण गाउँपालिकाकालगायत करिब दुई दर्जनभन्दा बढी गाउँमा दैनिकजसो हात्ती पस्ने गरेको स्थानीयवासीको भनाइ छ ।

यस क्षेत्रमा बढेको हात्ती आतङ्कलाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ३ : १७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज