२८ चैत्र २०८२, शनिबार | April 11, 2026

भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा १०० विपक्षी सांसदलाई माफीको घोषणा



काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगीसहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गरेका छन् ।

माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् ।

राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएकोे छ । तर राष्ट्रपतिको विरुद्धमा लागेको अभियोगमा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ ।

मरेरो सन् २०१९ को मार्चमा पक्राउ परेका थिए । उनी तथा पक्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आतंकवादी समूह’ को हमला गर्ने योजनाको हिस्सा भएको आरोप लगाइएको थियो ।

माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वाइदो भने छैनन् । तर उनका धेरै मुद्दाहरूलाई केही खुकुलो गरिएको छ ।

माफीका लागि सार्वजनिक ११० व्यक्तिको सूचिमा विपक्षी सभासद् फ्रेडी ग्वेभेरा पनि छन् । उनी सन् २०१७ मा राष्ट्रपतिविरूद्ध गरिएको आन्दोलनमा १२५ नागरिकको मृत्यु भएपछि राजधानी काराकासस्थित भेनेजुयलाका लागि चिलीको दूतावासमा शरण लिन पुगेका थिए।

ग्वेभेराले सत्ता विरोधी अभियानमा सम्लग्न भएको आभियोगमा सुनुवाईका क्रममा आफूले स्वतन्त्रताका लागि आन्दोलनको पक्षमा समर्थन गरेको तर देश छोडेर अन्यत्र शरण लिन नजाने बताएको सर्वोच्च अदालतले जनाएको छ ।

माफी पाउनेहरूमध्ये सबैभन्दा पुरानो ‘डेमोक्र्याटिक एक्शन पार्टी’का प्रमुख हेनरी रामोस अल्लप पनि रहेका छन्।

यसबाहेक सजायँ मिनाहका लागि राष्ट्रपतिद्वारा सिफारिस व्यक्तिहरूमा निर्वासनमा रहेका विपक्षी सांसदहरूसहित जटिल प्रकृतिका न्यायिक मुद्दा लागेका व्यक्तिहरूसमेत समावेश भएको उल्लेख गरिएको छ ।

यसैबीच माफीबारे विपक्षी नेता ग्वाइदोको अभियानमा सहभागी भएका कारण निर्वासनमा रहेका एक सांसद अमेरिको दे ग्राजियाले ‘मदुरो न त राष्ट्रपति हुन्, न त आफूू एक अपराधी’ भनी प्रतिक्रिया जनाका छन् ।

उनले भने, “यदि तपाइँ (मदुरो) भेनेजुएलामा शान्तिको लागि योगदान गर्न चाहानुहुन्छ भने देशलाई शक्तिको कब्जाबाट स्वतन्त्र गर्नुहोस्, हाम्रो जनतामा त्रासदी आइपर्दाको व्यवहारलाई छोड्नुहोस् अनि मात्र हामी तपाईंलाई धन्यवाद ज्ञापन गर्नेछौँ ।”

विपक्षी समूहले मदुरोलाई सन् २०१८ को पुनः निर्वाचनमा सत्ताको बलमा आफूलाई विजय घोषणा गरेको आरोप लगाउने गरेका छन् । अमेरिकी एक सर्वेक्षणले निर्वाचनमा व्यापक धाँधली भएको रिपोर्ट दिएको थियो ।

सन् २०१९ को जनवरीमा ग्वाइदोले मदुरोलाई राष्ट्रपतिको जिम्मेवारीका लागि अख्तियार नभएको भन्दै आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका थिए । यसलाई अमेरिका र अमेरिकाका सहयोगी करिब ५० राष्ट्रहरूले समर्थन जनाएका थिए भने रूस, चीनलगायतका देशहरूले मदुरोको समर्थन गरेका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ७ : ३३ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र