११ श्रावण २०८३, सोमबार | July 27, 2026

पेट्रोलको मूल्य फेरि बढ्यो, प्रतिलिटर १ सय ७



काठमाडौं । मंगलबार मध्यरातपछि लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो ।

वृद्धि गरिएको मूल्यसँगै काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले मूल्य बढाए पनि भारतका तुलनामा नेपालमा पेट्रोलको मूल्य ३२ रुपैयाँ कम रहेको जनाएको छ ।

निगमले १ सेक्टेम्बर २०२० मा बढाएको मूल्यसूचीका आधारमा समायोजन भएको निगमले जनाएको छ ।

यसअघि ३२ साउनमा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले यतिबेला पेट्रोल डिजेल र मट्टीतेलमा १/१ रुपैयाँ वृद्धि गरेको थियो ।

यतिबेला पनि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखे‍को थियो ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ९ : १० बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा