३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाग्मती प्रदेशले आफ्नो मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गर्ने



बाग्मती । बाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । हाल प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन् ।

दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन व्यवसायीको इजाजत नवीकरण तथा जरिवाना/विलम्ब दस्तूरमा छुट दिने निर्णयसमेत गरेको छ ।

बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७ र दुग्ध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ६ : ४१ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै