५ श्रावण २०८३, मंगलबार | July 21, 2026

अव काठमाडौंका सडकमा काल्पनिक ट्राफिक प्रहरीले ड्युटी गर्ने



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न भन्दै उपत्यकाका बिभिन्न स्थानमा काल्पनिक ट्राफिक प्रहरीको डमी बनाएर राखेको छ । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि भन्दै महानगरीय ट्राफिक महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा ट्राफिक डमी राखेको हो ।

ट्राफिक प्रहरी जस्तै देखिने डमीमा सवारी दुर्घटना न्युनिकरणका लागि प्रयोग हुने सचेतनाका प्रयोग हुने प्लेकार्ड राखिएका छन् । काठमाडौका २२ वटा स्थानमा राखिएका ट्राफिक डमीले ट्राफिक नियम उल्लङ्घन गरेमा रू. ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको प्लेकार्ड बोकेर सडक छेउमा उभिएका छन् ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए ।

उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिएका छन् ।

ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौ महानगरपालिकासँग सहकार्य गरी राखिएको ट्राफिक महाशाखाले जनाएको छ ।

सिंहदरबार, सिंहदोबाटो, माईतिघर, नयाँ बानेश्वर चोक,बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा सवारी चालकहरुले काल्पनिक ट्राफिक प्रहरी (डमी) देख्न सक्नेछन् ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ९ : २६ बजे

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा