५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गण्डकी प्रदेशमा २० प्रहरीसहित ३५ जना कोरोना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा तनहुँका १, कास्कीका २३, लमजुङका ४ र नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ७ जना रहेका छन् । संक्रमितमध्ये तनहुँ जिल्ला, सुक्लागण्डकी-१ का संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफनर्स हुन् । यस्तै, पोखरा महानगरपालिका-१७ का २० जना नेपाल प्रहरीमा कार्यरत छन् ।

लमजुङ जिल्ला, सुन्दरबजारका-२ का ५० बर्षीय पुरुष ओमानबाट आएका हुन् भने सुन्दरबजार-९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुन् । अन्यको कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो ।

यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २ सय ४५ पुगेको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १२ : ३० बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ