२६ असार २०८२, बिहिबार | July 10, 2025

गण्डकी प्रदेशमा २० प्रहरीसहित ३५ जना कोरोना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा तनहुँका १, कास्कीका २३, लमजुङका ४ र नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ७ जना रहेका छन् । संक्रमितमध्ये तनहुँ जिल्ला, सुक्लागण्डकी-१ का संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफनर्स हुन् । यस्तै, पोखरा महानगरपालिका-१७ का २० जना नेपाल प्रहरीमा कार्यरत छन् ।

लमजुङ जिल्ला, सुन्दरबजारका-२ का ५० बर्षीय पुरुष ओमानबाट आएका हुन् भने सुन्दरबजार-९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुन् । अन्यको कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो ।

यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २ सय ४५ पुगेको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १२ : ३० बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा