६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कोरोनाले व्यापार चौपट भएपछि पोखराका युवा व्यवसायी बंगुरपालनतर्फ



पोखरा । कोरोना कहरका कारण आफ्नो ब्यापार व्यवसाय बन्द हुने अवस्था आएपछि पोखराका युवा व्यवसायीहरुले बंगुरपालन थालेका छन ।
‘युवा व्यवशायीहरु बीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडि स्थापना भएको युथ कम्युनिटी क्लव (YCC Nepal) कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनीमार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी पोखरामा बंगुरपालन सुरु गरेका हुन ।
पोखरा महानगरपालिकाको ३३ नम्बरमा पर्ने सहरेतरामा रहेको पिगपार्कमा ४ हजार सात सय ६० स्क्वारफुट क्षेत्रफलमा बंगुरपालन सुरु गरिएको छ ।

युथ कम्युनिटी क्लव पोखरामा आवद्ध युवा व्यवसायीहरु सम्मिलित भई ८४ लाखको लगानीमा बंगुपालन सुरु गरिएको मित्रता एग्रो प्रा.लि.का निर्देशक जयन्ती मोक्तानले बताइन ।

मोक्तानका अनुसार युथ कम्युनिटी क्लव आवद्ध युवा व्यवसायीहरुलाई समेटेर मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी बंगुरपालन व्यवसाय सुरु गरिएको हो ।

लकडाउनका कारण आफुहरुको व्यवसाय नै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी आफुहरुले अवको पाटो कृषिजन्य वस्तुको उत्पादन र बिक्री वितरणबाट दीगो विकास सम्भव हुने भएकाले युवाहरुलाई कृषितर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुरपालन सुरु गरिएको मोक्तानले बताइन ।

उनले भनिन, ‘२० देखि ४५ वर्ष उमेर समुहका युवाहरुलाई क्लवमा समाहित गराइ मित्रता एग्रो प्रालिमा शेयर हाल्न सकिने भएकाले कुनैपनि युवाहरुले सानो लगानीमा कृषी कार्यक्रममा सहभागीता जनाउन सकिन्छ ।’

हाल १ सय १५ जना युवा व्यवसायीहरुबाट बंगुरपालन सुरु गरिएको भएता पनि निकट भविष्यमा तरकारी उत्पादन, कृषि, पशुपंक्षी जन्य सामाग्रीको उत्पादन र वित्री वितरण गर्ने लक्ष्य प्रालिले दिएको निर्देशक मोक्तानले जानकारी दिइन ।

युथ कम्युनिटी क्लवले युवाहरुलाई स्वदेशमा त्यसमा पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न युवाहरुलाई प्रेरित गर्ने क्वलका अध्यक्ष पूर्ण श्रेष्ठले वताए । श्रेष्ठका अनुसार क्लव स्थापनाको एक वर्षभित्रै त्यसमा पनि लकडाउनको समयमा आफुहरुले बंगुरपालन सुरुवात गरेको वताउदै आगामी पाँच वर्ष भित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको छ ।

क्लवमा आवद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनी मार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन् । पोखरामा स्थापना भएको युथ कमिटि क्लवले पांच वर्षभित्र नेपालको सात वटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

हाल क्लवमा ३सय ५० जना सदस्य रहेको भएपनि एग्रोमा भने १ सय १५ जनाले शेयर राखेका छनभने अन्य सदस्यहरु समेत यसमा थपिदै गइरहेका छन । क्लवमा आवद्ध सदस्यले २५ हजार देखि १ लाखसम्म शेयरमार्फत लगानी गर्नसक्ने क्लवका कोषाध्यक्ष विकास गुरुङले बताए ।

क्वले स्वदेशमा रहेका युवा व्यवसायीसँगै विदेशबाट नेपाल फर्केर केही गर्न चाहनेहरुलाई लक्षित गरी पनि उत्पादनमुलक क्षेत्रहरु जस्तै पशुपालन, कुखुरा, हाँस, माछा, मौरी, बंगुरपालन, तरकारी जन्यवस्तुको उत्पादन तथा बिक्री वितरणका लागिसमेत काम गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी मित्रता एग्रो प्रालिले पारिवारिक र निर्वाहमूखी व्यवसायलाई विविधिकरण, व्यवसायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दीगो बनाउन प्रभावकारी सेवा प्रवाह एकल तथा सामुहिक लगानी वृद्धिमा सहजीकरण गर्ने, विदेश पलान भैरहेका तथा बेरोजगार युवा जनशक्तिलाई नेपालमै आन्मनिर्भर बनाउने स्तरको युवाहरुको ज्ञान, सीप, क्षमताको बृद्धिको लागि तालिम, गोष्ठी, सेमिनार सञ्चालन गरी उद्यमशील समाजको निर्माण गर्ने उद्देश्य लिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यवसायमा आवद्ध उद्यमीहरुसँग सम्बन्ध विकास, विस्तार र समन्वय गरि आपसी सहयोग तथा विचारविमर्श गरी नेपालमा युवाहरुका लागि विकास सग सम्बन्धित विषयमा राष्ट्रिय एवं अन्तराष्ट्रिय व्यवसायीसँग आवश्यकता अनुसार प्राविधिक सेवा प्रदान गर्ने प्रालिको उद्देश्य रहेको सञ्चालकले जनाएको छ ।

एग्रो प्रा.लिले युवा व्यवसायीको ज्ञान, सीप, क्षमतालाई समाजमा प्रयोग गरी त्यसमा उत्पन्न हुने समस्यालाई समाधानका लागि सहयोग गर्ने र संस्थाका सदस्यहरुमा दैनिक प्रकोप पीडित तथा घातक रोगबाट समस्यामा परेमा संस्था भित्रका सदस्यहरुबाट सहयोग उपलब्ध समेत गराउने लक्ष्य लिएको छ । सम्पूर्ण युवाहरुलाई व्यवसायप्रति आस्थावान बनाई राष्ट्रलाई सभ्य सम्मृद्धि बनाउन प्रयत्न गर्ने प्रालिको मुख्य लक्ष्य रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ४९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी