१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

श्वास हुन्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि मात्रै कोरोना परीक्षण !



भरतपुर । बाँचुन्जेल अस्पताल चहार्दैमा दिक्क भएका चितवनका तीन जना बिरामी अन्तिम अवस्थामा भरतपुर अस्पताल त पुगे तर त्यहाँ कुनै पनि परीक्षण हुन नपाइ उनीहरूको मृत्यु भयो ।

मरेपछि बिरामीको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ देखियो । तीनै जना बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको हो । चितवनका वरिष्ठ फिजिसियनसमेत रहेका भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी उनीहरू अन्तिम अवस्थामा मात्रै आइपुगेकाले उपचार गर्न नभ्याएको प्रतिक्रिया दिए । ‘श्वास प्रश्वासको समस्या भएपछि बिरामी अस्पताल चाहर्दा–चाहर्दै अन्तिममा भरतपुर अस्पताल आइपुगेकाले उनीहरूको कुनै पनि परीक्षण गर्न नपाउँदै मृत्यु भयो’, उनले भने ।

अस्पतालमा सोमबार राति मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला, भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरुष र सोही स्थानकी १८ वर्षीय युवती रहेको बताइएको छ । उनीहरू पहिला निजी अस्पतालहरू चहार्दाचाहर्दैमा समय बितिसकेको थियो ।

भरतपुर अस्पतालका प्रवक्ता लीलाधर पौडेल कति बिरामीलाई उपचार गर्न निजी क्षेत्रका अस्पतालले नमानेको आरोप लगाए । ‘कुनै पनि अस्पतालमा आएका बिरामीलाई तत्काल सोही अस्पतालले व्यवस्थापन गरेर आफूसँग आईसीयू नभए खाली भएको अस्पतालमा समन्वय गरेर रिफर गर्ने हो भने बिरामीको मृत्युदर कम गराउन सकिन्थ्यो’, उनले भने ।

कतिपय बिरामीले तत्काल अक्सिजन र भ्यान्टिलेटर पाए बचाउन सकिने तर यस्ता बिरामी अस्पताल आउनै ढिला हुनेभएको समस्या हुने गरेको उनले जनाए । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निजी अस्पताललाई सोमबार मात्रै सूचना जारी गरेर अस्पतालमा आउने ज्वरोका बिरामीको उपचार गर्न अनुरोध गरेको थियो । सूचना जारी भएकै दिन उपचारको अभावमा तीन जना बिरामीले मृत्यु भएको हो । उक्त समाचार आजका गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ७ : १० बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ