७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

श्वास हुन्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि मात्रै कोरोना परीक्षण !



भरतपुर । बाँचुन्जेल अस्पताल चहार्दैमा दिक्क भएका चितवनका तीन जना बिरामी अन्तिम अवस्थामा भरतपुर अस्पताल त पुगे तर त्यहाँ कुनै पनि परीक्षण हुन नपाइ उनीहरूको मृत्यु भयो ।

मरेपछि बिरामीको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ देखियो । तीनै जना बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको हो । चितवनका वरिष्ठ फिजिसियनसमेत रहेका भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी उनीहरू अन्तिम अवस्थामा मात्रै आइपुगेकाले उपचार गर्न नभ्याएको प्रतिक्रिया दिए । ‘श्वास प्रश्वासको समस्या भएपछि बिरामी अस्पताल चाहर्दा–चाहर्दै अन्तिममा भरतपुर अस्पताल आइपुगेकाले उनीहरूको कुनै पनि परीक्षण गर्न नपाउँदै मृत्यु भयो’, उनले भने ।

अस्पतालमा सोमबार राति मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला, भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरुष र सोही स्थानकी १८ वर्षीय युवती रहेको बताइएको छ । उनीहरू पहिला निजी अस्पतालहरू चहार्दाचाहर्दैमा समय बितिसकेको थियो ।

भरतपुर अस्पतालका प्रवक्ता लीलाधर पौडेल कति बिरामीलाई उपचार गर्न निजी क्षेत्रका अस्पतालले नमानेको आरोप लगाए । ‘कुनै पनि अस्पतालमा आएका बिरामीलाई तत्काल सोही अस्पतालले व्यवस्थापन गरेर आफूसँग आईसीयू नभए खाली भएको अस्पतालमा समन्वय गरेर रिफर गर्ने हो भने बिरामीको मृत्युदर कम गराउन सकिन्थ्यो’, उनले भने ।

कतिपय बिरामीले तत्काल अक्सिजन र भ्यान्टिलेटर पाए बचाउन सकिने तर यस्ता बिरामी अस्पताल आउनै ढिला हुनेभएको समस्या हुने गरेको उनले जनाए । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निजी अस्पताललाई सोमबार मात्रै सूचना जारी गरेर अस्पतालमा आउने ज्वरोका बिरामीको उपचार गर्न अनुरोध गरेको थियो । सूचना जारी भएकै दिन उपचारको अभावमा तीन जना बिरामीले मृत्यु भएको हो । उक्त समाचार आजका गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ७ : १० बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।