२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, कम्तीमा १३ जना सम्पर्कबिहीन, ४ जनाको शव फेला



बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा ३० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अबिरल वर्षासँगै बुधबार राति १२ बजेको समयमा आएको बाढीले बस्ती बगाउँदा कम्तिमा १३ जना बेपत्ता भएको र ठुलो जनधनको क्षेती भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनले बाढीबाट धोबिखोला जलबिद्युत पुरै बगाएको, एउटा विद्यालय र केहि झोलुङ्गे पुल पनि बगाएको जानकारी दिए । ‘बिहानबाट उद्दार कार्य सुरु भएको छ, बगाएको घरधुरी र हराएको नागरिकको संख्या अझै थपिन सक्छ ।’ उनले भने । त्यसैगरी धोबिखोला विद्युत आयोजना, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्रार्थमिक विद्यालयको भवनमा समेत क्षति पुगेको न्यौपानेले बताए ।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।, “अहिले उद्धारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।”

उद्दार टोलिले ४ जनाको शव फेला पारेको र अन्यको खोजि भईरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ७ : ४४ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको