५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ललितपुर झडप अनियन्त्रित भिडबाट भएको रथयात्रा समितिको निस्कर्ष, क्षमा पूजा गरेर जात्रा सम्पन्न गर्ने निर्णय



काठमाडौं । बिहीबार ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्ने कार्यमा देखिएकाहरु अनाधिकृत ब्यक्तिहरु भएको रथयात्राको जात्रा परिचालन कार्यदलले स्पष्ट पारेको छ ।

जात्रा ब्यवस्थापन गर्न गठित ब्यवस्थापन समितिको कार्यक्रम बिना रथ तानिएको प्रति खेद प्रकट गर्दै समितिले रितिरिवाज र परम्परा अनुसार योजनाबद्ध तयारी भईरहेको अवस्थामा असम्बन्धित समूहले रथ तान्ने प्रयास गरेको समितिले जनाएको छ ।

१९ वटा जातीय खलः (संयुक्त निर्णय गर्दै मछिन्द्रनाथको रथ यात्रालाई क्षमा पूजा गर्दै सम्पन्न गर्ने निर्णय समेत गरेको छ । जातीय संगठनहरुको निर्णयपछि बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने जनाएका हुन् ।

बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै भाद्र १९ गते क्षमा पूजा गर्ने, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । बैठकले भाद्र २६ गते मत्स्छेन्द्रनाथको रथलाई बुंगमती लैजाने निर्णय गरिएको पनि विज्ञप्ति मार्फत जनाइएका छ।

यल (ललितपुर) ज्यापु समाजसँग भाद्र ११ गते बसेको बैठकबाट गुठी संस्थानको समेत परामर्शमा मलमास सुरुहुनु अगावै जात्रा सक्ने निर्णय भएकोमा अनियन्त्रित हुल आई अनाधिकारिक रुपमा रथ तान्न् खोजिएको बिज्ञप्तिमा उल्लेख छ ।

रथ तान्दा बिधिवत पूजारीले तान्न आदेश दिनु पर्ने, मच्छिन्द्रनाथको बहुमूल्य भोटोको सुरक्षार्थ प्रहरी तैनाथ गर्नुपर्ने, ज्यापू समाजले अगुवाई गर्दै रथको डोरी तान्नु पर्ने तथा रथ हिंड्नुअघि एस्कर्टिङ्ग गर्ने गुर्जुको पल्टनले अगुवाई गर्नु पर्ने प्रचलन रहंदै आएको छ ।

वर्षा र सहकालका देवटाकारुपमा सदियौं वर्ष देखि मनाईंदै आएको रथयात्रा गर्ने कार्यक्रम मुलुकमा चलेको बन्दाबन्दी र फैलँदो कोरोना संक्रमणका कारण अवरुद्ध हुंदै आएको थियो ।

ललितपुरमा रथतान्ने नाममा जारी निषेधाज्ञाको उल्लंघन भएपछि स्थानीयबासी र प्रहरी बिच बिहिबार झडप भएको थियो । थप अवस्था बिग्रन नदिन स्थानीय प्रशासनले आज बिहानै ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु घोषणा गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ९ : ४२ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न